काठमाण्डु – कोरोना संक्रमणमुक्त भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा मंगल रावलले सरकारी अस्पतालको सेवा अब्बल हुने भन्दै प्रशंसा गरेका छन् ।
कोरोना भाइरस संक्रमण भई गम्भीर भएका डा रावलले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टरले आफुलाई बचाएको भन्दै प्रंशसा गरेका हुन् ।
कर्णालीमा रहँदा संक्रमित भएका उनी ९ दिन होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यस्थिति झन बिग्रिपछि उनी टेकुस्थित सरुवा रोग अस्पतालको आइसियुमा भर्ना भएका थिए ।
५ दिन आइसियु र ३ दिन क्याविनमा बसी उपचार गराएका उनले निको भएपछि सरकारी अस्पताल र त्यहाँका चिकित्सकले आफुलाई बचाएको प्रतिक्रिया दिएका हुन् ।
‘आखिर सरकारी अस्पतालले नै बचायो । सरकारी अस्पतालको सेवा नै अब्बल छन् । डा. अनुप बास्तोला र उहाँको टीमले निकै राम्रो गर्नुभएको छ,’ उनले भने ।
माघ ६ गते कोरोना संक्रमण पुष्टि भएका डा रावलमा माघ ५ गते देखि लक्षण देखिन थालेको थियो ।




प्रतिक्रिया