काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजनीतिक महामारीमा देखालाई खरानी बनाउने प्रयास हुँदै गएको बताएका छन् ।
मंगलबार राप्रपाको महोत्तरी जिल्ला अधिवेशनको अवसरमा जलेश्वरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले दोस्रो आन्दोलनपछि नेपाली जनताले राजनीतिक स्थिरता, सुसासन,प्रजातन्त्रको सुदृढीकरण,भ्रष्टाचारमाथि नियन्त्रण ,सुशासन, आर्थिक अनुशासन र परराष्ट्र नीतिको आशा गरेकोमा भ्रष्टाचार, अवसरवाद, अधिनायकवाद र लम्पसारवादको राजनीतिक माहामारिमा देशलाई खरानी बनाउने प्रयास हुँदै गरेको बताएका हुन् ।
उनले यो प्रवृतिविरुद्ध जनताको आवाज बोक्ने पार्टी राप्रपा रहेको बताएका छन् । अध्यक्ष लोहनीले जनतामा जनजिविकाको सवाल र प्रजातन्त्रको संस्थागत विकास गर्ने दल राप्रपा रहेको सन्देश पुर्याउने चुनौति आफूहरुसँग रहेको बताए ।
‘राष्ट्र बनाउने महा अभियानमा हामी लाग्नु परेको छ । भ्रष्ट र प्रजातन्त्रको नाममा निस्किएका वर्तमान सरकार र कम्युनिस्टविरुद्ध लड्न राप्रपाले सामर्थ्य राख्न सक्छ’, उनले भने, ‘राप्रपा राजसंस्था र हिन्दुराष्ट्र चाहाने पार्टी हो। हामी हाम्रो अधिवेशन पश्चात् आधिवेहरि र ज्वारभाटा उठ्ने खालको आन्दोलन हुन्छ । तपाईहरु तयारी अवस्थामा रहनूस् ।’
त्यस्तै उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राजेन्द्र लिङदेनले राप्रपा भित्र अनुशासन कायम रहने गरि आउदो अधिवेशनमा नेतृत्व चयन हुने र राजसंस्था, हिन्दुराष्ट्र राप्रपाकै बलमा स्थापना हुने बताएका छन् ।




प्रतिक्रिया