२८ वर्षीया डाक्टर सुशीला यादवको निधन


काठमाडौं – झापाको शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २८ वर्षीया डाक्टर सुशीला यादवको निधन भएको छ ।

dish home

आमासयको क्यान्सरबाट ग्रसित डाक्टर सुशीलाको आइतबार बिहान उपचारका क्रममा झापास्थित बिएन्डसी अस्पतालमा निधन भएको हो ।

उनी २०७३ साल पुस ५ गतेदेखि स्थायी डाक्टरको रुपमा सरकारी सेवामा थिइन् । तीन वर्षअघि स्वास्थ्य जाँचका क्रममा उनलाई आमासयको क्यान्सर भएको पत्ता लागेको थियो ।

डा यादवले केही समय काठमाडौं नयाँ बानेश्वरस्थित निजामति अस्पतालमा समेत काम गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस