‘ड्रागन बोट रेस फेस्टिभल’ नेपाल-चीन सम्बन्धमा नयाँ सुत्रपात : पर्यटनमन्त्री किराती

‘ड्रागन बोट रेस फेस्टिभल’ नेपाल-चीन सम्बन्धमा नयाँ सुत्रपात : पर्यटनमन्त्री किराती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको बताएका छन् ।

नेपाल पर्यटन बोर्ड,नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरको आयोजनामा पोखरामा आजदेखि सुरु भएको नेपाल-चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’को उद्घाटन गर्दै मन्त्री किरातीले दशकौँदेखिको सम्बन्ध हालसम्म सुमधुर रहँदै आएको बताएका हुन्।

पर्यटकीय नगरी पोखरामा आयोजित मैत्रीपूर्ण यस महोत्सवले दुई देशबीचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समेत थप प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरे । उनले चीनसँग सम्बन्ध बलियो बनाउन फेस्टिभलले नयाँ सुत्रपात निर्माण गरेको भन्दै चिनियाँ नागरिकलाई नेपाल घुम्न आउन आग्रह गरे।

“आदरणीय चिनियाँ नागरिकलाई म नेपाल घुम्न आउन निम्तो गर्न चाहन्छु, नेपालमा तपाईहरुलाई स्वागत र सम्मान गर्न हामी आतुर छौँ”,मन्त्री किरातीले भने, “तपाईंहरु नेपाल घुम्न आइदिनुहोस् ।”मन्त्री किरातीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको समेत स्पष्ट पारे।इतिहासमा चीन र भारतको व्यापारिक नाका रुपमा स्थापित पोखरामा भव्यरुपमा महोत्सवमा ड्रागन बोट फेस्टिभल सम्पन्न हुन लागेको उनको भनाइ छ ।

नेपालका लागि चिनियाँ राजदुत छन् सोङले नेपाल र चीनबीच लामो समयदेखि आर्थिक सामाजिक तथा सांस्कृति सम्बन्ध रहेको बताउँदै ‘ड्रागन बोट रेस फेस्टिभल’ दुईदेशबीचको आपसी सम्बन्ध एवं जनस्तरको सम्बन्ध अझै बलियो बन्ने विश्वास व्यक्त गरे ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ‘ड्रागन बोट रेस फेस्टिभल’ पोखरामा हुनुलाई आफूहरुले महत्वपूर्ण रुपमा लिएको बताउँदै यसले आगामी दिनमा पोखरामा चिनियाँ पयर्टकको आगमन बढ्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा समेत महोत्सवलाई निरन्तरता दिने जानकारी गराए ।