करीब २९ हजार ट्याब्लेट लागूऔषध ट्रामाडोल बरामद

करीब २९ हजार ट्याब्लेट लागूऔषध ट्रामाडोल बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ – प्रहरीले करीब २९ हजार ट्याब्लेट लागूऔषध ट्रामाडोल बरामद गरेको छ ।

मोरङको धनपालथान गाउँपालिका–१ गडेरीया टोलस्थित खेतमा रहेको बाँसको झ्याङ्बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २९ हजार ६८० ट्याब्लेट मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी गडेरीयाबाट खटिएको प्रहरी टोलीले २ वटा झोलामा रहेको लागूऔषध फेला पारी बरामद गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।