अवैध लागूऔषध सहित दुई जना पक्राउ


काठमाडौं – दाङ, घोराही उपमहानगरपालिका-३ गोग्लीबाट अवैध लागूऔषध ब्राउन सुगरसहित प्रहरीले २ जनालाई पक्राउ गरेकाे छ । दाङ, घोराही उपमहानगरपालिका-३ गोग्लीबाट अवैध लागूऔषध ब्राउन सुगर करिब २ ग्राम ७ मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा लमही नगरपालिका-६ बस्ने ३१ वर्षीय अनिल चौधरी र राप्ती गाउँपालिका-३ बस्ने २४ वर्षीय देबेन्द्र बिक रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले रा.३ प ८७५२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक चौधरी र मोटरसाइकलमा सवार देबेन्द्रलाई पक्राउ गरेको हो ।

धनुषा, शहिदनगर नगरपालिका-७ भैरवचोकबाट नियन्त्रित लागूऔषध १ सय एमएलको एक्जीप्लोन २ बोतल, नाईट्राभेट १५ ट्यावलेट र स्पस्मो प्रोक्जिवन ६ ट्याब्लेट सहित सोही नगरपालिका-३ बस्ने २३ वर्षीय रोशन कुमार यादव सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले मैनाथपुरबाट भैरवचोकतर्फ आउँदै गरेको प्रदेश २-०२-००१ प ६४९३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक यादव सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement