अवैध लागूऔषध सहित दुईजना पक्राउ


महोत्तरी – महोत्तरी गाउँपालिका-३ डामीमडैबाट अवैध लागूऔषध गाँजा ५ केजी सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिबास नगरपालिका-१४ बस्ने २५ वर्षीय गणेश ठाकुर र सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय जीवन लामा रहेका छन् ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट संयुक्त रुपमा खटिएको प्रहरीले ज.९ प २८७९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement