लागुऔषधसहित सिरहामा दुईजना पक्राउ

लागुऔषधसहित सिरहामा दुईजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा – प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीले सिरहा नगरपालिका– १७ स्थित दशगजा क्षेत्रबाट दुई युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा सिरहाको नरहा गाउँपालिका– ३ निवासी ३२ वर्षीय मो रहसुन र कर्जन्हा नगरपालिका– ४ निवासी २० वर्षीय राकेशकुमार शर्मा रहेका छन् ।

भारतीय बजार तर्फबाट आइरहेका दुवै जनालाई शङ्का लागेर जाँच गर्दा शरीरमा लुकाइछिपाइ ल्याइरहेको लागुऔषध नाइट्रोभेट ट्याब्लेट ३० पत्ता बरामद भएपछि पक्राउ गरिएको सशस्त्र प्रहरी सीमासुरक्षा बल माडरका सशस्त्र प्रहरी निरीक्षक अर्जुन कुँवरले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय माडरमा बुझाइने उनले बताए।