लागुऔषधसहित सहित २ पक्राउ

लागुऔषधसहित सहित २ पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरस्थित कुपण्डोलबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका-१० कुपण्डोलबाट अवैध लागूऔषध पोल्याण्ड ५० ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भैंसेपाटी बस्ने सुनसरी ईटहरी जनता बस्ती घर भएका ३१ वर्षीय निशान तामाङ र कुपण्डोल बस्ने दोलखा घर भएका १७ वर्षीय देव शाही रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।