स्याङ्जा – प्रहरीले लागूऔषधसहित तीन जनालाई बुधबार साँझ वालिङ– १३, गाहाखोलाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–२ का ३२ वर्षीय श्रीराम कार्की, भिरकोट नगरपालिका–१, स्याङ्जाका २१ वर्षीय भरत गुरुङ र सोही स्थानका २० वर्षीय सहितविन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
बुटवलबाट पोखरातर्फ आउँदै गरेको बा३ख ४९७१ नंको माइक्रोबसमा सवार श्रीराम कार्कीको साथबाट नोफिन ७५ थान, डाइजेपाम ७५ थान, फेनारगन ७५ थान, नाइट्राजेपाम ४३ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।




प्रतिक्रिया