लागुऔषधको कारोवार गर्ने तीन प्रहरी पक्राउ

लागुऔषधको कारोवार गर्ने तीन प्रहरी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान – धरानमा लागुऔषधको कारोवारमा संलग्न तीन प्रहरी पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई एकथान पेस्तोल र लागुऔषधसहित पक्राउ गरेको हो।

सशस्त्र सुरक्षा बेस गोलबजार सिराहामा कार्यरत सशस्त्र प्रहरी हबल्दार जंगबहादुर श्रेष्ठ, इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी जवान दिपककुमार तामाङ र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत सन्तोष तामाङलाई लागुऔषधसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए। प्रहरीसँगै धरान ८ का दिलकुमार लिम्बु र धरान १९ का ओमबहादुर लिम्बु पनि पक्राउ परेका छन्।

प्रहरीले प्रक्राउ परेका सशस्त्र प्रहरी हबल्दार श्रेष्ठले बोकेको एकथान पेस्तोल, गोलीसहित ४ सय थान लागुऔषध स्पास्मो प्रोक्शिवन बरामत गरेको छ। पाँचै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए। लागुऔषधसहित पक्राउ परेका तीनै जना प्रहरी निलम्बनमा परेका छन्। प्रहरीले भारतीय तस्करहरुसँग मिलेर खुल्ला सीमानाबाट लागुऔषध नेपाल भित्र्याएर बिक्रि गर्दै आएको बताइएको छ। यो खबर अन्नपूर्णपोष्ट दैनिकमा छ ।