अवैध लागूऔषध गाँजा बरामद

अवैध लागूऔषध गाँजा बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिका-९ गौशाला बसपार्कस्थित जनकपुर गेष्ट हाउसबाट करिब ३ केजी अवैध लागूऔषध गाँजा आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषलाई उक्त लागूऔषध सहित पक्राउ गर्ने क्रममा गाँजा छोडी फरार भएपछि उक्त गाँजा प्रहरीले बरामद गरेको हो । फरार व्यक्तिको प्रहरीले तदारुकताका साथ खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।