अवैध लागूऔषध सहित दुई जना पक्राउ


काठमाडौं – सिराहाकाे कल्याणपुर नगरपालिकाबाट लागूऔषध कोरेक्स ४३ पिस सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिराहा, कल्याणपुर नगरपालिका-४ महुलियाँबाट नियन्त्रित लागूऔषध कोरेक्स ४३ पिस सहित मिर्चैया नगरपालिका-७ फुलबरीयाँ बस्ने २९ वर्षीय फिरोज शेख समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-१२ धनमाग गैरी भन्ने ठाउँबाट अवैध लागूऔषध गाँजा ३४ केजी शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

उक्त ठाउँमा लागूऔषध लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टाँडी चितवनबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।

साथै प्रहरीले उक्त गाँजा बरामद गरी सोही नगरपालिकास्थित सिखर वस्ती भन्ने ठाउँमा आईपुग्दा स्थानीयवासीले ढुंगा प्रहार गर्दा प्रहरीले प्रयोग गरेका २ वटा गाडीका सिसा फुट्नुको साथै वडीमा समेत क्षति पुगेको छ । तोडफोडमा संलग्न ४ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement