काठमाडौं– अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगले महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राईलार्इ एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेकाे छ।
अख्तियारकाे टोलीले उनलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा शनिबार बेलुका कार्यालयबाटै पक्राउ गरेकाे हाे। डीएसपी रार्इलार्इ पक्राउ गर्न अख्तियारबाट एसपी प्रवीण पोखरेलको नेतृत्वकाे टाेली खटिएकाे थियाे।




प्रतिक्रिया