डीएसपीको कुर्सीमा बसी फोटो खिच्ने जेल चलान


काठमाडौं – इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डीएसपी)को कुर्सीमा बसेको फोटो खिची ‘म प्रहरीको मान्छे हुँ’ भन्दै धम्क्याउँदै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने म्यानपावर व्यवसायी जेल चलान भएका छन् ।

भारतको बैङ्ग्लोर घर भई हाल झापाको बिर्तामोड नगरपालिका बस्दै आएका वर्ष २५ को हर्कराज भन्ने युसमान डाइनियल गुरुङलाई अदालतले आइतबार पुर्पक्षको लागि जेल चलानको आदेश दिएको हो ।

डीएसपीको कुर्सीमा अर्कै मान्छे बसेको तस्बीरसहित समाचार सार्वजनिक भएपछि तत्कालिन इप्रका बिर्तामोडका प्रमुख डीएसपी सुवास खड्का विभागीय कारबाहीमा परेका छन् ।

डीएसपीको कुर्सीमा बसेको तस्बिर फेसबुकमा पोष्ट गरेर सार्वजनिक भएपछि गुरुङमाथि साइबर क्राइम अन्तर्गत मुद्दा चलाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement