काठमाडौं । रासन घोटालामा मुछिएका सशस्त्र प्रहरीका डीएसपी सुरेश गैरे अध्ययनका लागि अमेरिका उडेका छन् ।
सशस्त्रका आइजीपी शैलेन्द्र खनालका भाइ समेत रहेका उनीविरुद्ध आन्तरिक छानबिन भएको थियो । छानबिनको प्रतिवेदन सार्वजनिक नहुँदै १५ महिने अध्ययनका लागि अमेरिका अवसर मिलेको हो । गैरे काठमाडौं गुल्मपति रहेका बेला रासनमा घोटाला भएको भन्दै हेलो सरकारमार्फत उजुरी परेको थियो ।
उजुरीमाथि छानबिनका लागि एसएसपी वंशीराज दाहालको नेतृत्वमा छानबिन समिति बनेको थियो । समितिले ‘ल्पासेस’ रहेको औँल्याउँदै आइजीपी खनाललाई रिपोर्ट बुझाए पनि कारबाही प्रक्रिया अगाडि बढेको छैन । उक्त घोटाला प्रकरणमा एसपीहरु सुरेश श्रेष्ठ, नेत्र खत्री पनि मुछिएका थिए ।




प्रतिक्रिया