बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित

बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बित गरिएकाे छ । ३५ तोला सुन र २५ लाख रुपैयाँसहित पक्राउ परेका डीएसपी केसीलाई गृहमन्त्रालयले निलम्बन गरेको हो।

व्यवसायीको सुन नै कब्जा गरेपछि केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो। त्यसपछि उनलाई निलम्बनका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको थियो। हेडक्वार्टरको सिफारिस अनुसार गृहले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

सुन कारोबारसम्बन्धी मुद्दामा असुली गरेको भन्ने सूचना आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा सीआईबीको टोली खटिएको थियो।