काठमाडौं – डिएसपीको कुर्सीमा बसेर फोटो खिचि सामाजिक सञ्जाल फेसबुकमा पोष्ट्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दमक घर बताउने मेनपावर सञ्चालक हर्कराज गुरुङले इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपीको कुर्सीमा बसको फोटो सामाजिक संजालमा राखेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
मेनपावर सञ्चालक गुरुङले उक्त फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपछि इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी सुवास खड्कामाथि प्रदेश प्रहरी कार्यालयले छानबिन सुरु गरेको छ ।
प्रहरीको मान्छे भन्दै गुरुङले सर्वसाधारण र व्यापारीलाई धम्क्याउने गरेको गुनासो स्थानीयले गर्दै आएका थिए ।
डिएसपी खड्काको कुर्सीमा बसेर तस्बिर खिचेका गुरुङलाई अभद्र व्यवहार तथा साइबर क्राइम अन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया