डीएसपी मल्लको गुनासो : बुटवल लागु औषधको हब भयो


बुटवल – बुटवल र आसपासको क्षेत्र लागुऔषध कारोवारको केन्द्र बन्दै गएको छ । इलाका प्रहरी कार्यालय, बुटवलमा दर्ता भएका लागुऔषध कारोवारसम्बन्धी मुद्दाले लागुऔषध कारोवार र सेवन गर्नेको संख्या वृद्धि हुंदै गएको देखाएको छ ।

भारतसँग जोडिएको नाकामा कमजोर सुरक्षा प्रणाली भएका कारण पनि लागुऔषध कारोबार गर्ने र सेवन गर्नेको संख्या बढ्दै गएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए ।  उनले त्यसको लागि जनचेतानमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड समेत दिए ।

इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार तीन वर्षको अवधिमा लागुऔषध कारोवार दोब्बर वृद्धि भएको छ । आर्थिक वर्ष २०७२-७३ मा लागुऔषध कारोवारको मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७३-७४ मा ७४ वटा र आर्थिक वर्ष २०७४-७५ मा ८४ वटा लागुऔषध कारोवारको मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

बुटवलका होटल तथा रेष्टुरेन्ट व्यवसायीले होटलमा विकृति, विसंगति बढेको भन्दै केही दिनअघि कलेजरस्कूल ड्रेसमा आउनेलाई रुम नदिने र १६ वर्षमुनिका व्यक्तिहरुलाई मदिरा नबेच्ने निर्णय गरेका थिए ।रुपन्देहीमा साना, मझौला र ठूला गरी होटलको संख्या एक हजार ५ सय भन्दा बढी छ ।

विशेषगरी विनादर्र्ताका स–साना होटल र रेष्टुराँ प्रहरीसँग सेटिङ मिलाउन सक्ने मझौला होटल र घरभाडामा लिएर समेत वेश्यावृत्ति हुने गरेको प्रहरी सूत्रको भनाइ छ ।बुटवललाई प्रस्टिच्युसनको हबको नकारात्मक विशेषणबाट जोगाउन विशेषगरी होटल व्यवसायीहरु इमान्दार भई व्यवसायलाई मर्या्दित बनाउनुपर्ने डीएसपी मल्ल बताउँछन् ।

साथै जिल्लावासी नागरिकसमेत अनुशासित र सचेत हुनुपर्ने डीएसपी मल्लको सुझाव छ ।‘यस्तो नराम्रो विशेषताबाट बुटवललाई अलग बनाउनुपर्छ, यसमा प्रहरीले पनि होटल व्यवसायलाई शुद्धीकरण गर्न विशेष अभियान थाल्छ’– डीएसपी मल्लले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement