डिएसपी अधिकारीको शैक्षिक प्रमाणपत्र नक्कली !

डिएसपी अधिकारीको शैक्षिक प्रमाणपत्र नक्कली !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका डिएसपीको नै शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको छ ।

नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) बाबुराम अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

उनका प्रमाणपत्र कशंकास्पद रहेकाले छानबिन गरी पाउँ भन्ने उजुरीमा अनुसन्धान हुँदा अधिकारीको माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतको प्रमाणपत्र (आइ.कम) तहको शैक्षिक प्रमाणपत्र नक्कली भएको पाइएको अख्तियारले जनाएको छ ।

अधिकारीले नियुक्ति पाउने उद्देश्यले सोही नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई लाभ तथा सुविधा समेत लिई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिन आएको अख्तियारले जनाएको छ ।