एनसीबी सिंगापुरले विवरण मागेका डीएसपी शाहीमाथि प्रहरीले थाल्यो छानबिन

एनसीबी सिंगापुरले विवरण मागेका डीएसपी शाहीमाथि प्रहरीले थाल्यो छानबिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ‘विवादित छवि’का कालिकोटका महेन्द्रजंग शाहसँगको सम्बन्धबारे प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीमाथि छानबिन सुरु गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआईजीपी) दानबहादुर कार्कीले महेन्द्रजंगसँगको सम्बन्धबारे डिएसपी हेमबहादुरमाथि छानबिन सुरु भइसकेको जानकारी दिए ।

प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) को नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) सिंगापुरले नेपाल प्रहरीको एनसीबी काठमाडौंलाई कालिकोटका महेन्द्रजंग शाह, कालिकोटकै दिपेन्द्रबहादुर शाह र कैलालीका हेमबहादुर शाहीको पृष्ठभूमि जानकारी गराउन २९ जुलाई २०२४ मा पत्राचार गरेको प्रहरीले जानकारी दिएको छ ।

महेन्द्रजंग आतंकवादी संगठन स्लामिक स्टेट अफ इरान र सिरिया (आइएसआएस) को गतिविधिमा संलग्न रहेको आरोपमा सिंगापुर प्रहरीले निगरानी गरिहेको थियो । त्यही विषयमाथि बुझ्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको हो । प्रहरीले महेन्द्रजंगलगायतका हरूसँग छानबिन थालेको डीआईजीपी कार्कीले जानकारी दिए ।

लामो समयदेखि दुबई र मलेसिया बस्दै महेन्द्रजंग २०१५ मा मलेसियाको गैरआवसीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष समेत हुन् ।

महेन्द्रजंगसँग केही समय अघि सिंगापुरमा डीएसपी शाहीसमेत घुमफिर गर्न पुगेपछि सिंगापुर प्रहरीले उनको क्रियाकलापमाथि समेत चासो देखाएएर छानबिन गर्न भनेको हो । डीएसपी शाहीले भने महेन्द्रजंग शाहको पुरानो पृष्ठभूमिबारे आफूलाई जानकारी नहुँदा मलेसियामा भेटेको बताए ।

डिएसपी शाहीले आतंकवादसँग महेन्द्रजंगको के सम्बन्ध छ वा कसैले उजुरीमात्रै दिए त्यो आफूलाई थाहा नभएको बताएका छन् ।