महोत्सव आयोजकले राति ९ बजेसम्म टिकट बिक्री गरेपछि डीएसपी वाइबाले रोकिदिइन् कार्यक्रम

महोत्सव आयोजकले राति ९ बजेसम्म टिकट बिक्री गरेपछि डीएसपी वाइबाले रोकिदिइन् कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बारामा आयोजना भएको जितपुर-सिमरा व्यापार र सांस्कृतिक महोत्सव तोकिएको समयभन्दा ढिलासम्म सञ्चालन भएपछि डीएसपी शुभद्रा वाइबाले हस्तक्षेप गरेकी छन् ।

प्रशासनले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म अनुमति दिए पनि आयोजकले राति ९ बजेसम्म टिकट बिक्री गरेका थिए । रातको समयमा शान्ति सुरक्षामा चुनौती हुने भन्दै डीएसपी शुभद्रा वाइबाले आफैं स्टेजमा पुगेर महोत्सवको सांस्कृतिक कार्यक्रम रोकिदिएकी हुन् ।

अनुमति पाएको समयभन्दा धेरैपछि रातिमा टिकट बिक्री भइरहेकोले महोत्सवको कार्यक्रम रोकेको डीएसपी वाइबाले बताइन् । ९ बजेपछि पनि टिकट बिक्री रोकिएको थिएन, जसले भिडभाड र झगडाको सम्भावना बढेपछि सांस्कृतिक कार्यक्रम रोकिएको थियो ।