डीएसपी थापा बने काठमाडौं प्रहरीको प्रवक्ता


काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्तामा डिएसपी मोहन थापा नियुक्त भएका छन्।

केही दिन अघि मात्र महानगरीय प्रहरी वृत्त जनसेवाबाट परिसर आएका थापालाई शुक्रबार प्रवक्ताको जिम्मेवारी दिइएको हो।

परिसरमा यसअघि एसपी रामदत्त जोशी प्रवक्ता रहेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement