काठमाण्डु – जिल्ला प्रहरी कार्यालय रामेछापको नेतृत्व सम्हाले लगत्तै डिएसपी राजकुमार थिङ ‘एक्सन’मा उत्रिएका छन् ।
रामेछाप डिएसपीको जिम्मेवारी सम्हालेलगत्तै उनले विभिन्न अपराध गरेर फरार रहेकाहरुको खोजीलाई पहिलो प्राथमिकता दिएका छन् ।
जिल्लाभित्र गतल क्रियाकलाप रोक्ने भन्दै डिएसपी थिङ आफै फिल्डमा खटिएका छन् । सो क्रममा उनले फरार रहेका ६ जनालाई एकैपटक पक्राउ गर्न सफल भएका छन् ।
पक्राउ पर्नेहरुमा प्रकास सुनुवार, रामहरी खत्री, श्री बहादुर मगर, दामोदर काफ्ले, च्याङ्बाभन्ने रोज बहादुर थिङ र गाण्डिव काफ्ले रहेका छन् । उनीहरुलाई प्रहरीले विशेष सूचनाको आधारमा रामेछाप, काठमाण्डु र भक्तपुरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका सबै जनालाई आज जिल्ला अदालत रामेछापमा पेश गरिएको डिएसपी थिङले जानकारी दिए ।




प्रतिक्रिया