दुबईमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु 

दुबईमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुबई – दुबईमा बस दुर्घटना हुँदा ६ नेपालीको ज्यान गएको छ । त्यहाँस्थित फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने कामदार बोकेको मिनिबस सोमबार दुर्घटना हुँदा ६  नेपालीको ज्यान गएको हो ।  यूएईस्थित नेपाली दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले ५ जना नेपालीको ज्यान गएको बताए । उनले मृतकको बारेमा जानकारी लिने काम भइरहेको जनाकारी दिए ।  कार्कीकाअनुसार मृत्यु हुनेमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउद रहेका छन् 

उक्त बस दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । त्यसैगरी १ पाकिस्तानी र १ भारतीय नागरिकको पनि ज्यान गएको बताइएको छ । घटनामा अन्य ६ जना घाइते भएका छन् ।

जसमा ५ भारतीय र एक जना बंगलादेशी नागरिक रहेको बताइएको छ । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।