काठमाण्डु – नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य दुगनारायण पाण्डेयको राजीनामा स्वीकृत भएको छ । आइतबार सांसद पाण्डेयले दिएको राजीनामा सोमबार सभामुख पूर्ण घर्तीले स्वीकृत गरेका हुन् ।
पाण्डेय कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनः नियुक्तीमा असन्तुष्टी जनाउँदै राजीनामा दिएका थिए ।




प्रतिक्रिया