दुर्गा प्रसाईँ थप ५ दिन हिरासतमै रहने, उचित उपचारको प्रबन्ध गर्न अदालतको आदेश

दुर्गा प्रसाईँ थप ५ दिन हिरासतमै रहने, उचित उपचारको प्रबन्ध गर्न अदालतको आदेश

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–अदालतले व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

आज जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाञ्छित गर्ने गरी नक्कली कागजात तथा श्रव्यदृश्य सामग्री उत्पादन गरी सामाजिक सञ्जालमा फैलाएको प्रसाईँमाथि आरोप छ।

यस्तै सर्वोच्चले प्रसाईलाई अदालतमा उपस्थित गराउन आदेश समेत गरेको छ।

न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आदेश गरेको हो । प्रसाईंको हकमा छोरा निराजन प्रसाईंले मङ्सिरको ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । उनले दुर्गा प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए ।