साइबर अपराध कसूरमा दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

साइबर अपराध कसूरमा दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साइबर अपराध कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डुले अनुमति दिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेदेखि छानबिन गरिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाउँदै उनले सामाजिक सञ्जालबाट ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेको आरोप छ ।

यसअघि पनि उनी साइबर अपराध मुद्दामा १ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए ।