दुर्गा प्रसाईंविरुद्ध अर्काे पक्राउ पुर्जी जारी

दुर्गा प्रसाईंविरुद्ध अर्काे पक्राउ पुर्जी जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्काे पक्राउ पुर्जी जारी भएको छ ।

साइबर अपराध सम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका प्रसाईंविरुद्ध अर्काे पक्राउ पुर्जी जारी भएको हो ।

काठमाण्डु जिल्ला अदालतले आपराधिक लाभ सम्बन्धी कसूरमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेको छ । सीआईबीको अनुसन्धानमा रहेका लरेन्स विश्नोई समूहको सदस्य बताउने हरिचन्द्र फुयाँलसँग ‘कनेक्सन’ देखिएपछि प्रसाईं अनुसन्धानमा तानिएका हुन् । प्रसाईं र फुयाँलबीच निरन्तर फोन सम्पर्क देखिएको प्रहरीले जनाएको छ ।