मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतमा साइबर अपराध मुद्दा दर्ता

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतमा साइबर अपराध मुद्दा दर्ता

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ विपरितको कसुर (साइबर अपराध) गरेको आरोपमा जिल्ला अदालत काठमाण्डुमा मुद्दा दायर गरिएको छ ।

साइबर ब्यूरोले पेश गरेको राय सहितको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाण्डुले मुद्दा दर्ता गरेको छ । बुधबार प्रसाईंविरुद्ध अदालतमा मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए ।

उनीमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसूरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट जाँच भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईंलाई मंसिर ४ गते भक्तपुरबाट पक्राउ गरिएको थियो ।