काठमाण्डु– राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफ्नो ज्यान जोगाउन प्रहरीको घेरा तोडेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा भिडियो मार्फत ज्यान जोगाउनकै लागि प्रहरीको घेरा तोडेको बताएका हुन् ।
‘मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ ।’ मेरो कानको छेवैबाट गोली गयो । मैले कुरो बुझिसकेपछि मेरै गाडीमा अश्रुग्यास उत्रिएपछि यस्तो भएको हो,उनले भने ‘म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हुँ । तपाईंहरूप्रति लक्षित दुष्मनी होइन । तपाईंहरूलाई पर्न गएको चोटप्रति क्षमा चाहन्छु,’ प्रसाईंले भने ।
यस्तै उनले आफू नभागेको र काठमाडौंकै एक मन्दीरमा लुकेर बसेको बताएका छन् । ‘म काठमाडौंमै छु, काठमाडौंकै एउटा मन्दिरमा बसेको छु,।’




प्रतिक्रिया