काठमाण्डु – सर्वाेच्च अदालतले दुर्गा प्रसाईं सञ्चालक रहेका दुवै अस्पतालको रोक्का बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको छ ।
गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनपछि आन्दोलनका कमाण्डर तोकिएका प्रसाईं फरार भएपछि उनको व्यक्तिगत खातासहित अस्पतालको खाता पनि रोक्का गरिएकोमा सर्वोच्च अदालतले रोक्का गरिएका बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको छ ।
खाता रोक्कापछि बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिको तर्फबाट अपरेसन डाइरेक्टर डा. अञ्जली कार्कीले छुट्टाछुट्टै रिट दायर गरेकी थिइन् । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले दुवै खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको छ ।




प्रतिक्रिया