दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डु जिल्ला अदालतले दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अदालतले बिहीबार प्रसाईंसहित ५६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

प्रसाईं चैत १५ गते काठमाण्डुको तीनकुने घटनामा भएको राजावादीको हिंस्रक प्रदर्शनमा सहभागी भएका थिए। त्यसदिन प्रसाईं आफैँले प्रहरीमाथि नै गाडी कुदाउन खोजे पछि फरार रहेका प्रसाईंलाई पक्राउ गरी काठमाण्डु ल्याइ मुद्दा चलाइएको थियो ।