दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उच्च अदालत पाटनले बीएन्डसी मेडिकल कलेजका मालिक एवं राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले यसअघि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डुको आदेश बदर गर्दै प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अदालतले २०८१ चैत १५ गते काठमाण्डुको तीनकुनेमा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरी भएको राजावादी प्रदर्शनका मुख्य नाइकेका रूपमा रहेका प्रसाईंलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

प्रसाईंविरुद्ध जिल्ला प्रहरी परिसर काठमाण्डुले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् राज्यविरुद्धको कसूरसहित विभिन्न ५ मुद्दा दायर गरेको थियो ।