काठमाण्डु– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । प्रसाईंले सोमबार पत्रकार सम्मेलन मार्फत पार्टी खोल्ने घोषणा गरेका हुन् ।
राजनीतिमा संलग्न हुने रहर पटक्कै नभएको भन्दै राजनीतिले बिगारेको सुधारका लागि राजनीतिमा संलग्न हुन आफू बाध्य भएको उनले बताए ।
उनले भने ‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । राजनीतिले बिगारेको यो सुधारका लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं,’ प्रसाईंले भने ।
यस्तै प्रसाईंले गत चैत्र १५ गतेको राजावादी आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धोका दिएको आरोप लगाएका छन् ।
उनले भने,‘राप्रपाका राजेन्द्र लिङ्देनले मलाई बैंक ठग भन्थे । अब उनलाई भनिदिनु १५ गते जुन धोका दियौं, अब जीवनमा तिमीले धोका दिन सक्दैनौं । तिमीजस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेचेर भात खाने म होईन् । १५ गते राप्रपाले मिलेर छुरी हानेको छ, म बाँच्न सफल भएको मान्छे हुँ ।’ राजनीतिमा संलग्न हुने रहर पटक्कै थिएन । राजनीतिले बिगारेको समाजलाई सुधार गर्नका लागि राजनीतिमा संलग्न हुन बाध्य भएका छौं । म लगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोलेर दलमा संलग्न हुने अठोट गरेका छौं । त्यसकारण राजनीतिक शक्ति निर्माणका लागि राजनीतिक दल गठन गर्ने निश्चय गरेको छु,’ उनले भने ।




प्रतिक्रिया