अभियन्ता प्रसाईंसँग सञ्चारमन्त्री खरेलले वार्ता गर्ने, ३ सदस्यीय समिति गठन

अभियन्ता प्रसाईंसँग सञ्चारमन्त्री खरेलले वार्ता गर्ने, ३ सदस्यीय समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग वार्ता गर्ने जिम्मेवारी सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई दिएको छ ।

अभियानले उठाएका मागहरू सम्बोधन गर्न वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयले महाअभियानलाई पत्र पठाउँदै मन्त्री खरेलको संयोजकत्वमा ३ सदस्यीय ‘आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति’ गठन गरेको जनाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठद्वारा हस्ताक्षरित पत्रअनुसार महाअभियानले उठाएका तत्काल सम्बोधन गर्न सकिने विषय तथा मागहरूका सम्बन्धमा वार्ता गर्न समिति बनाइएको छ ।

समितिमा अजयभद्र खनाल  र गोविन्द नारायण तिमिल्सिना सल्लाहकार रहेका छन् । सरकारले वार्ताका लागि महाअभियानको तर्फबाट पनि ३ जना प्रतिनिधि सिफारिस गरी पठाउन पत्रमार्फत अनुरोध गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गत मंसिर २२ गते प्रधानमन्त्री र महाअभियानका केन्द्रीय अध्यक्ष लगायतका पदाधिकारीबीच छलफल भएको थियो । छलफलअनुसार आगामी पुस २ गते अर्को बैठक बस्ने सहमति भए बमोजिम सरकारले समिति गठन गरेको पत्रमा उल्लेख छ ।