काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा सुवेदीलाई थप उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ ।
पिसाबमा संक्रमण देखिएपछि गत बिहीबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका सुवेदीलाई थप विशेषज्ञ सेवाका लागि विदेश लैजाने तयारी भएको हो ।
प्रधानमन्त्री कार्कीका निजी चिकित्सक डा. मनबहादुर केसीका अनुसार सुवेदी लामो समयदेखि प्रोस्टेटको समस्याबाट पीडित छन् । शिक्षण अस्पतालमा केही दिनको उपचारपछि चिकित्सककै सल्लाह र सिफारिसमा उनलाई दिल्ली लैजाने निर्णय भएको जनाइएको छ ।
सुवेदीको उपचारका लागि उनको साथमा परिवारका अन्य सदस्यहरू समेत नयाँदिल्ली जाने तयारीमा रहेका छन् ।




प्रतिक्रिया