दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ


काठमाण्डु– नागरिक बचाउ महाअभियान, नेपाल’ का अध्यक्ष तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।

प्रसाईं सोमबार पोखराबाट पक्राउ परेका हुन्।

प्रसाइँले कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नो पक्षमा पारेको भनेर अभिव्यक्ति दिएका थिए ।

उनकाे पैसा लगानी गरेर सरकारी वेबसाइड ह्याक गरेर डाटा चोरी गर्न अपराधको गम्भीर योजना बनाएको अडियोसमेत सार्वजनिक भएको थियो ।

प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न निर्वाचन आयोगले पत्राचारसमेत गरेको थियो । प्रसाईं सोमबार कार्यक्रमका लागि पोखरा पुगेका थिए ।

राजसंस्था पुनर्स्थापना गर्ने भन्दै आन्दोलनका नेतृत्व गरेका प्रसाईँ तिन कुने घटनामा पक्राउ परेका थिए ।

उनलाई काठमाण्डु ल्याउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।