काठमाण्डु – निर्वाचन आयोगबारे विवादित बयान दिएपछि पक्राउ परेका मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् ।
उनलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले हाजिरी जमानीमा रिहा गरेको हो ।
सोमबार पोखराबाट पक्राउ परेर काठमाण्डु ल्याइएका प्रसाईंलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
निर्वाचन आयोगले ५२ करोड रुपैयाँ खाएर कांग्रेसको विशेष महाधिवेश पक्षलाई मान्यता दिएको विवादित बयानपछि उनी पक्राउ परेका थिए ।




प्रतिक्रिया