काठमाण्डु– मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् ।
साइबर ब्युरोमा उजुरी रहेको भन्दै चाल्नाखेलबाट प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो ।
महाअभियानले आयोजना गर्न लागेको कार्यक्रमका लागि वीरगञ्ज जाँदै गरेका प्रसाईँलाई प्रहरीले बिचबाटो बाटै पक्राउ गरेको हो ।
हिरासतबाट छुटेको तीन साता नबित्दै प्रसाईंलाई साइबर ब्युरोको टोलीले फेरि पक्राउ गरेको हो।
यसअघि गत माघ ५ गते पोखराबाट पक्राउ परेका उनी माघ ६ गते हाजिरी जमानीमा छुटेका थिए।




प्रतिक्रिया