दुर्गा प्रसाईं पक्राउ विरुद्धको रिटमा कारण देखाऊ आदेश

दुर्गा प्रसाईं पक्राउ विरुद्धको रिटमा कारण देखाऊ आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले दुर्गा प्रसाईं पक्राउ विरुद्धको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा मंगलबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको छ ।

भक्तपुरस्थित निवासबाटै सुरक्षाकर्मीले पक्राउ गरेपछि प्रसाईंको हकमा अधिवक्ता सुरेश बोहराले जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

गत आईतबार प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

यसअघि पनि पक्राउ परेका उनी सर्वाेच्च अदालतको आदेशले रिहा भएका थिए ।