दुर्गा प्रसाईं पक्राउबारे २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न अदालतको आदेश

दुर्गा प्रसाईं पक्राउबारे २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश महेश शर्मा पौडेलको इजलासले बुधबार हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा रहेका प्रसाईंको हकमा अधिवक्ता आशिष लुइँटेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा लिखित जवाफ मागेको हो ।

आदेशमा भनिएको छ, ‘आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू ।’