कोशी प्रदेशको नाम बहुपहिचानका आधारमा पुनर्नामाकरण गर्न माओवादी सांसद चापागाईंको माग

कोशी प्रदेशको नाम बहुपहिचानका आधारमा पुनर्नामाकरण गर्न माओवादी सांसद चापागाईंको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सांसद दुर्गा चापागाईंले बहुपहिचानका आधारमा प्रदेशको पुनर्नामाकरण गर्नुपर्ने बताएका छन् ।

कोशी प्रदेशसभाको आइतबार बसेको बैठकमा सांसद चापागाईँले भने, ‘म बहुपहिचानका आधारमा प्रदेशको पुनर्नामाकरणको निम्ति अघि बढन माननीय सभामुखमार्फत सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु ।’

उनले प्रदेशको नाम कोशी राखेपछि उत्पन्न समस्या र निकासबारेमा नेपाली कांग्रेसका १४ जिल्लाका सभापतिहरु तथा माओवादी केन्द्रको स्थायी समितिले नामकरणमा गल्ती भयो भनेको र नेकपा एकीकृतले फरक मत समेत राखेको स्मरण गर्दै जनभावनाअनुसार प्रदेशको पुनः नामकरण गर्न माग गरे ।

उनले प्रदेश नामाकरणले उत्पन्न गरेको समस्या हल गर्ने उपयुक्त समय यही भएको बताए । ‘प्रदेशको नाम पुनर्नामकरण गर्न दुईतिहाई बहुमतको सरकार तपाईंहरूसँग छ प्रमुख प्रतिपक्ष सहित विपक्षी दलहरुले निसर्त तपाईंहरूलाई साथ दिन तयार छन्। त्यसैले म बहुपहिचानका आधारमा प्रदेशको पुननामाकरणका निम्ति अघि बढन ध्यान आकृष्ट गर्न चाहन्छु,’ चापागाईँले भने ।

२०७९ फागुन १७ गते प्रदेशसभाबाट दुई तिहाइ बहुमतले प्रदेशको नाम ‘कोशी’ पारित गर्दा नामको पक्षमा ८२ र विपक्षमा ४ मत परेको थियो ।

सांसद चापागाईँले दुई तिहाई बहुमत प्रभावकारी ,श्रृजनात्मक र निष्पक्ष ढंगले उपयोग गरेर प्रदेश सरकार चलाउने कि जनतामा उत्पन्न हुदै गरेको भय ,निराशा र असन्तोसलाई बढवा दिन प्रयोग गर्ने भनेर प्रश्न समेत गरे ।

सत्ता सहकार्य गरेका नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनसहित दुई दलीय व्यवस्था स्थापना गर्ने सहमति भएको भन्दै गणितको घमण्डमा गरिने प्रतिगामी हर्कत स्वीकार नगर्ने चेतावनी दिए । जबरजस्ती अघि बढ्न खोजे संसद् र सडकबाट सशक्त प्रतिवाद गर्ने उनको भनाइ थियो ।