काठमाण्डु – व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा आक्रमण भएको छ ।
बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका प्रसाईंमाथि लोकतान्त्रिक चोकमा हातपात भएको छ ।
‘नेपालीहरूको मुक्तिका लागि अन्तिम लडाइँ’ कार्यक्रमका लागि व्यवसायी प्रसाईं बागलुङ पुगेका थिए ।
उनीमाथि हातपात गर्ने बागलुङको धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया