मंसिर ७ गतेको आन्दोलन सम्पूर्ण नेपालीका लागि हो : दुर्गा प्रसाईं

मंसिर ७ गतेको आन्दोलन सम्पूर्ण नेपालीका लागि हो : दुर्गा प्रसाईं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेको आन्दोलन सम्पूर्ण नेपालीहरूका लागि भएको र व्यक्तिगत कुनै स्वार्थ नभएको बताएका छन् ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आन्दोलनका क्रममा पूर्वपश्चिम राजमार्ग केन्द्रित हुने जानकारी दिए ।

तत्काल पार्टी खोल्ने तयारीमा आफू नरहेको बताएका छन् । आफूलाई पार्टी खोल्ने, प्रधानमन्त्री र मन्त्री बन्ने कुनै रहर नरहेको भन्दै व्यवस्था परिवर्तन भए आफूलाई पुग्ने बताए ।

आज आगोको भुङ्ग्रोमा देश खसेको भन्दै उनले त्यहाँबाट देशलाई निकाल्न आवश्यक रहेको धारणा राखे । उनले भने, ‘मलाई कुनै स्वार्थ छैन । मैले पार्टी खोलेको छैन । खोल्नै परे पछि सोचौंला । पार्टी खोल्ने कुनै रहर पनि छैन् । पार्टी खोल्ने, प्रधानमन्त्री र मन्त्री बन्ने कुनै रहर छैन । व्यवस्था परिवर्तन भए पुग्छ । मैले सबै कुरा त्यागेको छु । हिजो दलहरूले चलाउँदा देश तालामा थिए । आज आगोको भुङ्ग्रोमा खसेको छ, त्यहाँबाट देशलाई निकाल्नु छ ।’

उनले गरीबी भगाउने भनेको गरीबहरूलाई नै लखेट्ने होइन भन्दै काठमाण्डु नगर प्रहरीले भने गरीबहरूलाई लखेट्ने काम गरेको बताए । ‘गरीबी भगाउने हो, गरीबहरूलाई नै लखेट्ने होइन । किनकि गरीब, भूमिविहीन र काठमाण्डुमा गरिखान्छु भनेर आएका जति पनि मान्छे छन्, तिनीहरूको साथमा दुर्गा प्रसाईं छ । तिनीहरूलाई केही पनि हुन दिँदैन । काठमाण्डुको नगर प्रहरीले गर्दा काठमाण्डुका दोकानमा बोनी हुन छाडेको छ । प्रत्येक व्यापारीहरू डिप्रेसनका गएका छन्,’ उनले भने ।