काठमाण्डु – महिलाको चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाण्डु जिल्ला अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाण्डुका न्यायाधीश ठाकुर प्रसाद खरेलले पर्साईंलाई दुईवटा मुद्दामा ५०–५० हजार धरौटी माग गरेका हुन् ।
विद्युतीय अपराध सम्बन्धी जाहेरीको आधारमा पर्साईंलाई प्रहरीको साइबर ब्युरोको ६ असोजमा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध त्यही जाहेरीका आधारमा साइवर अपराधसम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो ।
‘देश दुनियाँ खबर’ नामक युटुव च्यानलमा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य टिका संग्रौलाको ‘चरित्रहत्या गरेको’ आरोप छ ।
प्रतिक्रिया