गोविन्द केसीका सहयोगीलाई दुर्गा प्रसाईंको भौतिक आक्रमणको धम्की

गोविन्द केसीका सहयोगीलाई दुर्गा प्रसाईंको भौतिक आक्रमणको धम्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – झापास्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले डा. गोविन्द केसीका सहयोगीलाई ज्यान मार्ने धम्की दिएका छन् ।

सञ्चालक प्रसाईंले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीका सहयोगी प्रीतम सुवेदीलाई धम्की दिएका हुन् । प्रसाईंले मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा विरोध गरेको भन्दै सुवेदीलाई टेलिफोनमार्फत भौतिक आक्रमणको धम्की दिएका छन् ।

उनले ‘तँ धेरै नबोल भाइ । भेटेँ भने तेरो तीन इन्ची छाला सर्ने गरी हानिदिन्छु, साला डाँका !’ भन्दै धम्की दिएका हुन् ।

तृच्छ शब्द प्रस्तुत गर्दै प्रसाईंले सुवेदीका पारिवारसँग भेटेर कुरा गर्ने चेतावनी दिएका छन् ।

‘तपाईं धम्क्याएको होइन कि तेरो बाउ आमा राखेर कुरा गर्छु । तेरो बाउ र आमा कहाँ बस्न् भन्न म त्यही आएर कुरा गर्छु’, उनले भनेका छन् ।