धम्की दिने कार्य बन्द गर्न गोविन्द केसीलाई दुर्गा प्रसाईंको चेतावनी

धम्की दिने कार्य बन्द गर्न गोविन्द केसीलाई दुर्गा प्रसाईंको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बि एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले प्रा. डा. गोविन्द केसीले विदेशी भूमिबाट धम्कीपूर्ण पत्र सार्वजनिक गरेको बताएका छन् ।

एक विज्ञप्ती जारी गर्दै प्रसाईंले गोविन्द केसीको विज्ञप्तिप्रति असन्तुष्टी जनाउँदै विदेशी भूमिमा बसेर आफूलाई धम्कीपूर्ण पत्र सार्वजनिक गरेको बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई जोडेर कोरोना महामारीको अवस्थामा जनताको जीवन रक्षामा समर्पित बि एण्ड सीमाथिको आरोप स्वीकार्य नहुने बताएका छन् ।

‘विदेशमा बसेर विदेशी दालल र माफियाको पक्षपोषण गर्ने तथा मानव तस्करको उदेश्य साकार पारिदिने बद्नियतले प्रधानमन्त्रीज्यू, विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगका पदाधिकारी र तथा यस संस्था समेतलाई अनावश्यक धम्की दिई अत्यन्त, भ्रामक, असत्य, कपोकल्पित, झुठा तथा निन्दनिय आक्षेप लगाई जारी गरिएको निज केसी र निजका कथित सोलिडारिटीका संयोजक डा. जीवन क्षेत्रीको धम्कीपत्रको हामी घोर निन्दा गर्दै आगामी दिनमा नेपाल र नेपालीकाविरुद्धमा यस किसिमको धम्की दिने र ललकार्ने कार्य बन्द गर्न चेतावनी दिन चाहान्छौं’, उनले विज्ञप्तिमा भनेका छन् ।