काठमाडौं – अदालतले बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध २१ दिने सूचना जारी गरेको छ ।
प्रसाईंले पत्रकार सम्मेलन गर्दै बिएण्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्ययनका लागि सम्बन्धन प्रदान गर्न आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाएका थिए । त्यसलगत्तै गिरीले जिल्ला अदालत काठमाडौँमा प्रसाईविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए ।
सोही मुद्दामा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई २१ दिनभित्र हाजिर हुन वा लिखित जवाफ पेस गर्न सूचना जारी गरेको जिल्ला अदालत काठमाडौँका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए ।




प्रतिक्रिया