दुर्गा प्रसाईंलाई भारतको चेतावनी- यहाँ रहँदा कुनै पनि राजनीतिक गतिविधि र भ्रामक दाबी नगर्नु

दुर्गा प्रसाईंलाई भारतको चेतावनी- यहाँ रहँदा कुनै पनि राजनीतिक गतिविधि र भ्रामक दाबी नगर्नु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई लिएर भारतले आफ्नो राजनीतिक गतिविधिसँग कुनै सम्बन्ध नरहेको बताएको छ ।

क्यान्सर उपचारको फलोअपका लागि भन्दै दिल्ली पुगेका प्रसाईंलाई लिएर भारतले उनको राजनीतिक गतिविधिसँग सम्बन्ध र चासो नरहेको स्पष्ट पारेको हो ।

प्रसाईंले आफ्नो भारत भ्रमणलाई भारतीय नेताहरूसँग भेटघाट गरी नेपालको राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि नैतिक समर्थन जुटाउने प्रयासका रूपमा प्रस्तुत गर्दै आएका छन्।

तर भारतीय अधिकारीहरूले भने प्रसाईंका गतिविधिहरूमा कुनै संलग्नता वा चासो नराखेको बताएको भारतीय समाचार एजेन्सी एनडीटीभीले जनाएको छ ।

अहिले भारत नेपालसँगको स्थिर सम्बन्ध कायम राख्नमै केन्द्रित रहेको र नेपालको आन्तरिक राजनीतिमा कुनै प्रकारको हस्तक्षेप नगर्ने भारतको कूटनीतिक तथा सुरक्षा स्रोतले जनाएको छ ।

भारतीय अधिकारीहरूले प्रसाई‌लाई भारतमा रहँदा कुनै पनि राजनीतिक गतिविधि नगर्न र भारतीय समर्थनको भ्रामक दाबीहरू नगर्न चेतावनी दिएको एनडीटीभीले जनाएको छ ।

प्रसाईंले यसपटक पनि कुनै भारतीय सरकारी वा दलका प्रतिनिधिसँग भेटघाट गर्न सकेका छैनन्।

प्रसाईले मंसिर ७ गते काठमाण्डुमा प्रदर्शन गर्ने घोषणा गरेका छन्। त्यसपछि देशभर विरोध प्रदर्शनसहितको अभियान सञ्चालन गर्ने उनको तयारी छ।

दिल्लीका अधिकारीहरूले प्रसाईका “भारतले साथ दिएको” भन्ने दाबीप्रति असन्तुष्ट रहेको बताउँदै आएका छन् ।